अत्तरिया : राष्ट्रिय भूमि आयोगको केन्द्रिय टोली कैलालीको अत्तरियामा पुगेको छ । गोदावरी नगरपालिकाका भूमिहिन , दलित तथा अव्यवस्थितहरुलाई लालपुर्जा दिने बिषयमा छलफल गर्न भूमि आयोगको केन्द्रिय टोली अत्तरियामा पुगेको हो ।

अत्तरिया पुगेको टोलीले गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टसंग भेटघाट तथा छलफल गरेको छ । अबको ६ महिना भित्र नगरबासीहरुलाई लालपुर्जा वितरण गरिने भएको छ ।

यस्तै असार मसान्त भित्रमा अत्तरिया स्थित पहाडरोडको पूर्वी भागमा रहेका ६१ घरधुरीलाई लालपुर्जा दिने बिषयमा पनि छलफल भएको छ । राष्ट्रिय भूमि आयोगको केन्द्रिय टोलीमा विज्ञ सदस्य टेक बहादुर शाही , नापी विभागका प्रमुख नापी अधिकृत जनकराज भट्ट , सर्वेक्षक विरेन्द्र सिंह,डा.तुल बहादुर साउँद रहेका थिए ।

केही दिन पहिले मात्रै नगरप्रमुख राजधानी काठमाडौं आउदाँ लालपुर्जा वितरण गर्ने बिषयमा छलफल गर्न राष्ट्रिय भूमि आयोगको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय