अत्तरिया : प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले हात पारेको छ । धनगढीमा आज सम्पन्न भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि हात पारेको हो ।
उपाधिसँगै डोटीले नगद रु १ लाख सहित ट्रफी प्राप्त गरेको छ भने उप बिजेता बनेको डडेल्धुराले नगद ५० हजार सहित ट्रफीमा चित्त बुझाएको छ ।
यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो ।

