काठमाडौ : प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आईतबार काठमाडौ स्थित सास्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो ।
टेलिभिजन , रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरुको समेटेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको छ । मल्भिका सुब्बा बरिष्ठ उपाध्यक्ष रहेको सो एसोसियसनको सम्पन्न पत्रकार सम्मेलनमा काठमाण्डौ महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोललाई मानर्थ सदस्यको उपाधी प्रदान गरिएको थियो ।
सो एसोसियशनमा बरिष्ठ संचारकर्मीं रमा सिंह , माइकल चन्द , र कोमल वलीलाई संरक्षकको रुपममा मनोनयन गरिएको छ । यस्तै संचारकर्मी भूषण दाहाल,प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ । पत्रकार सम्मलेनमा बोल्दै उप प्रमुख डंगोलले आगामी दिनहरुमा महानगरपालिका तथा एसोसियशनका बिच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, महासचिबमा जि.पी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा सुगारीका के.सी,बिना श्रेष्ठ,उरुषा जोशी,अमन प्रताप अधिकारी,खुस्बु प्रधान र सु्वेक्षा खड्का रहेका छन् । संस्था घोषणाको पत्रकार सम्मेलनमा संस्स्कृतिक संस्थाका जिएम अशोक प्यासी राई लगायत वरिष्ट संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

