अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाडा बस्ने प्रेम धामी मुटुका बिरामी हुन् । उनको मुटुको भल्ब बन्द भएका कारण तत्कालै मुटको अप्रेसन गर्नुपर्ने भएको छ ।
तर उनको आर्थिक अबस्था निकै कमजोर छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्य भैरहेका बेला युवा व्यबसायी हेम भण्डारीको नेतृत्वमा प्रेम धामी बचाउ अभियान संचालन गरिएको छ ।
सो अभियानमा अहिले स्वतस्फूर्त रुपमा सहयोगी हातहरु बढ्दै गैरहेका छन् । भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत संचालन गरेको अभियानमा अहिले सम्म फेसबुक मार्फत नै १५ हजारको हाराहारीमा रकम उठेको भण्डारीले जानकारी दिए ।
उनले आर्थिक अबस्था कमजोर हुदाँ उपचारमा समस्या भैरहेका बेला सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

