अत्तरिया : कैलालीको अत्तरियामा कोरियो भाईब डान्स हब संचालनमा आएको छ । अत्तरिया स्थित धनगढी रोडमा रहेको सब्जीमण्डी अगाडी नयाँ ब्यबस्थापनका साथ कोरियो भाईब डान्स हब संचालनमा आएको हो ।

नेपालीहरुको महान चार्ड बडा दशैको अबसर पारेर दशैको पहिलो दिन डान्स हबका संचालक लोकेश बोहराकी आमा कलु देवी बोहराले रिबन काटेर उद्धघाटन गरेकी हुन् । आजवाट संचालनमा आएको डान्स हबमा लामो समय देखी कलाकारिता क्षेत्रमा निरन्तर योगदान पुञ्याउदै आएका दक्ष तथा अनुभवी प्रशिक्षकहरुवाट सबै प्रकारका नृत्यहरु सिकाइने संचालक लोकेश बोहराले जानकारी दिए ।

उनले अत्तरिया क्षेत्रमा नृत्य सिक्न तथा कलाकारितामा लाग्न चाहनेहरुलाई मध्यनजर गर्दै फरक ब्यबस्थापनका साथमा डान्स हब खोलेको बताए । उनले यस डान्स हबमा हिपप , कल्चरल , फिटनेस लगाएत सबै प्रकारका नृत्युहरुलाई सिकाइने बताए । उनले दशै तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै निशुल्क भर्नाको सुबिधा पनि गरिएको बताएका छन् ।

उद्धघाटनका क्रममा अत्तरियामा मात्रै नभई देशभर कलाकारिता क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएका बिनोद मल्ल विप्लबले डान्स हबको सफलताको शुभकामना दिएका थिए । उनले प्रदेशको राजधानी तोकिएको गोदावरीमा यस्ता खाले डान्स क्लबहरु खुल्दै जानु खुसीको कुरा भएको बताए । उनले अत्तरियामा नृत्य बिधामा फेरि एउटा नयाँ आयम थपिएको बताए ।

उनले यस हान्स हबले बाह्य फेसनहरु भन्दा पनि आफ्नो सुदूरपश्चिमको भेषभूषा , कला , संस्कृतिको जर्गेना गर्दैै पुराना कलाकारहरुको सम्मान र नयाँ कलकारहरु उत्पादन गर्न सकोस भन्दै शुभकामना दिएका छन् । उद्धघाटन कार्यक्रममा बिभिन्न डान्स क्लबका संचालनहरु , बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय