अत्तरिया : नेकपा एमाले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ को अध्यक्षमा नरेश जोशी चयन भएका छन् ।
आज सम्पन्न भएको एमालेको प्रथम अधिवेशनवाट जोशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको हो ।
जसका उपाध्यक्षमा रन्जित बोहरा , सचिवमा नरेश साउद , उप सचीव सीता राना र रमेश रावत चयन भएका छन् । वडा कमिटि सर्वसम्मत रुपमा चयन भएको नवनिर्वाचित अध्यक्ष जोशीले जानकारी दिए ।

