धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ५ मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली र सुदूरपश्चिमेली नेपाली समाजका बिच सम्झौता भएको छ । प्रवासमा रहेर पनि लामो समय देखी सुदूरपश्चिमका लागि महत्वपूर्ण योगदान दिदै आएको सुदूरपश्चिमेली नेपाली समाजका पदाधिकारीहरु र तिनका परिवारले निसर्ग हस्पिटलमा उपचार गराउन जादाँ उपचारमा लाग्ने खर्चमा छुट दिने सम्झौता भएको हो ।

आईतवार उक्त सम्झौता पत्रमा समाजका तर्फवाट कोषाध्यक्ष भुवन प्रसाद भट्ट र हस्पिटलका तर्फवाट अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका छन् । अस्पताल भर्ना भएमा बिरामीलाई सामान्य बेडमा र क्याबिनमा १५ प्रतिशत, आईसियू र एनआईसीयू बेडमा १० प्रतिशत, औषधी उपचारमा ५ प्रतिशत , एक्सरे , भिडियो एक्सरे, ईसिजी, टिएमटि, इन्डिोसकोपी चेकजाँचमा १० प्रतिशत , प्याथलोजी चेकजाँचमा २० प्रतिशत , ल्याप्रोसकोपी अप्रेसनमा ५ प्रतिशत , जरलन सर्जरी, अर्थोपेडिकमा साढे ७ प्रतिशत हस्पिटलले छुट दिने भएको छ ।

यस्तै उपचार गराउदा ठूलो रकम खर्च भएमा किस्तामा ४५ दिन भित्र रकम भुक्तानी गर्न सकिने पनि हस्पिटलले सुविधा दिएको छ । यसका लागि बिरामीले संस्थाको पत्र र परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ ।

समय समयमा शिविर तथा आर्थिक अबस्था कमजोर रहेका बिरामीहरुलाई सहुलियत रुपमा उपचार सेवा दिदै आएको निसर्ग हस्पिटलले सुदूरपश्चिमेली नेपाली समाज र परिवारका लागि गरेको महत्वपूर्ण सहयोगका लागि समाजका तर्फवाट कोषाध्यक्ष भुवन भट्टले निसर्ग हस्पिटललाई धन्यवाद दिएका छन् । उनले आगामी दिनहरुमा पनि यस्तो सहकार्य निरन्तर रुपमा गरिरहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय