अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ५ मा टिप्पर दुर्घटना भएको छ । अत्तरिया धनगढी ६ लेन सडक अन्र्तगत गेटा मेडिकल कलेज नजिकै आईतबार बिहान टिप्पर दुर्घटना भएको हो ।
अत्तरियावाट धनगढी तर्फ माटो बोकेर जादै गरेको से १ ख १९९८ नम्बरको टिप्पर दुर्घटना हुदाँ मानविय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उक्त टिप्पर माटो लगेर जादै गर्दा अगाडी आएको सवारीलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

टिप्पर दुर्घटना हदाँ माटो सबै सडक परेपछि केही बेर सडक अबरुद्ध बन्न पुगेको थियो । तत्काल प्रहरीको टोली त्यहाँ पुगेर जेसिजी मार्फत टिप्पर र मोटो उठाएर बाटो सफाई गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय