अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आज रेबिज बिरुद्धको निशुल्क खोप लगाइने भएको छ । गोदावरी नगरपालिका पशु सेवा शाखाको आयोजनामा १५ औं विश्व रेबिज दिवसको अवसर पारेर नगरभित्रका कुकुर तथा बिरालोहरुलाई रेविज रोग बिरुद्धको भ्याक्सिनेसन लगाउन लागेको हो ।

उक्त भ्याक्सिनेसन वडा नं ३ कार्यालयको प्रंगणमा लगाइने पशु सेवा शाखाले जारी गरेको सुचनामा उल्लेख छ । खोप कार्यक्रम बिहान ९ बजे देखि साझँ ५ बजे सम्म संचालन गरिने पशु शाखा प्रमुख राम बहादुर सार्कीले जानकारी दिए ।

‘रेबिज स् तथ्य बुझौ, त्रसित नहोऔ’ भन्ने मुल नाराका साथ यस बर्ष १५ औं विश्व रेबिज दिवस मनाइदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय