अत्तरिया : नेपाली कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ । लामो समयको रस्साकस्सीपछि मंगलबार कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको हो ।
केन्द्रीय निर्वाचन समितिले कैलालीका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको नेपाली कांग्रेस कैलालीका सदस्य नृप सुनारले जानकारी दिए । १४ औँ महादिवेशन अन्र्तगत सुदूरपश्चिमका आठ वटा जिल्लामा वडा र नगर अधिबेशन सम्पन्न भैसक्दा पनि कैलालीमा क्रियाशील सदस्यको विवादले नामावली सार्वजनिक हुन सकेको थिएन ।
अब भोलि निर्वाचन अधिकृत आउने र त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने कांग्रेस कैलालीले जनाएको छ । प्रदेशको स्थायी राजधानी समेत रहेको कैलालीलाई बिषेश चासोका साथ हेरिएको छ ।

