अत्तरिया : नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कैलालीले ३०० वटा कुकुरहरुलाई निशुल्क रेविज बिरुद्धको खोप लगाएको छ । १५ औं विश्व रेबिज विरुद्धको दिवसको अबसर पारेर नेल्टा कैलालीले मंगलबार कैलालीको घोडाघोडी नगरपालिका २ , लम्कीचुहा नगरपालिका ५ र जोशिपुर गाउँपालिकामा राखेको एक दिने रेविज खोप शिबिरमा ३०० वटा कुकुरहरुलाई निशुल्क खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी ,पशु पन्छी रोग अवेष्ण प्रयोगशाल धनगढी र घोडाघोडी नगरपालिका वडा नं.२ को विशेष सहयोग तथा एग्रोभेट व्यावसाय संघ , नेल्टा लम्कीचुहा , नेल्टा जोशीपुर र जोशीपुर गाउँपालिका पशु सेवा शाखासंगको सहकार्यमा एक दिने रेविज खोप शिबिरको आयोजना गरिएको थियो । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कैलालीका अध्यक्ष हंश बुढाको अध्यक्षतामा भएका कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा.बसन्त बहादुर सिंह प्रमुख अतिथी रहनुभएको थियो ।

यस्तै सो कार्यक्रममा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि , (नेल्टा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष लाल बहादुर बोहरा , नेल्टाका केन्द्रिय सल्लहाकार गणेश धामी लगाएको नेल्टा कैलालीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेल्टा सुदूरपश्चिमका प्रदेश सचिब हेमन्त जोशी (बाजे) ले गरेका थिए

देशभर बिबिध कार्यक्रमका साथ मनाइएको विश्व रेबिज विरुद्धको दिवस कैलालीमा आफुहरुले निशुल्क रुपमा कुकुरहरु रेविज भ्याक्सिनेसन लगाएर मनाएको नेल्टा कैलालीका अध्यक्ष हंश बुढाले बताए ।

उनले उक्त एक दिने शिविर भब्य रुपमा सम्पन्न भएको र यसका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था , पशु स्वास्थ्य कर्मी तथा पशु धनी किसानहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय