अत्तरिया : कैलालीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिकाका १५ वर्षीय आशिष चौधरी रहेको प्रहरीले जनाएको छ ।
गौरीगंगा नगरपालिका ४ राजीपुरबाट बालुवागाडा तर्फ जादै गरेको से २ त ७१ नम्बरको ट्याक्टरबाट खसेर ती किशोर गम्भिर घाईते भएका थिए । गम्भिर घाईते चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाका बिषयमा सोधपुछका लागि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

