अत्तरिया : कैलालीको जोशिपुर गाउँपालिकामा रेबिज विरुद्ध खोपबारे सचेतना कार्यक्रम तथा निशुल्क खोप घुम्ती शिबिर सम्पन्न भएको छ । १५ औं बिश्व रेबिज दिवस २०७८ को अवसरमा पारेर जोशीपुर गाउँपालिका पशुसेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको सहयोग र नेपाल पशु स्वाथ्य सेवा प्राबिधिक संघ नेल्टा जोशीपुरको सहकार्यमा २ दिन सम्मरेबिज विरुद्ध खोपबारे सचेतना कार्यक्रम तथा निशुल्क खोप घुम्ती शिबिर सम्पन्न भएको हो ।

पहिलो दिन १२ गते रेबिज विरुद्ध खोपबारे सचेतना कार्यक्रमको आयोजना गरिएको थियो भने दोस्रो दिन १३ गते रेबिज विरुद्ध निशुल्क खोप कार्यक्रम सिमराना बजार, सिमरी बजार र लक्कड बजारमा घुम्ती शिबिर संचालन गरि भब्य रुपमा सम्पन्न गरिएको थियो ।

उक्त घुम्ती शिबिरमा ४५ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ जोशीपुर गाउँ पालिका कार्यसमिती अध्यक्ष एवम् युनिक एग्रोभेट कन्सर्नका संचालक अभिमन्यु चौधरीले जानकारी दिए ।

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता भएको सचेतना कार्यक्रममा जोशीपुर गाउँपालिका उपाध्यक्ष गीता कठरियाको प्रमुख अतिथी रहनु भएको थियो भने जोशीपुर गाउँपलिका वडा नं. ०३ का वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता किशोर कठरिया , नेल्टा जोशीपुरका अध्यक्ष अभिमन्यु चौधरी र नेल्टा जोशीपुरका उपाध्यक्ष हिरालाल कठरियाको बिशिष्ट अतिथी रहनुभएको थियो ।

यस्तै उक्त कार्यक्रममा जोशिपुर गाउँपालिका बिभिन्न शाखाका शाखा प्रमुख एवम् कर्मचारीहरु , पशु प्राविधिक र विभिन्न गाउँटोलका किसानहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन पशु सेवा शाखाका प्रमुख एवम् भेटेरीनरी अधिकृत नारायण चौधरीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय