अत्तरिया : धनगढीमा रहेको केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु विकका ६ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले बताए।

‘उपचार नहुने बिरामीलाई रेफर गरिहाल्छौं भन्दै ६ दिनसम्म उपचार गरियो,’ शिशुका काका शंकर विकले भने, ‘अन्यत्र लैजान्छौं भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि यस्तै हो भनेर आलटाल गरे।

अहिले मृत्यु भयो।’ बिरामी भएपछि डोटीको महाकाली मेडिकल लगिएका शिशुमा अक्सिजनको अभाव भएको भन्दै धनगढी रेफर गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय