अत्तरिया – कैलालीको अत्तरिया बजारमा रहेको एउटै पसलवाट ३९ हजार बढीको सामान जफत गरिएको छ ।
नेपालीहरुको महान चार्ड दशै तिहार तथा छठ पर्ब नजिकिदै जादाँ जिल्ला प्रशासन कार्यालय कैलाली , वाणिज्य , आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली , खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कैलाली र घरेलु तथा साना उधोग कार्यालय कैलालको संयुक्त आयोजनामा आज अत्तरिया बजारमा गरिएको अनुगमनमा एउटा किराना पसलवाट ३९ हजार बढी मूल्य बराबरका अबैध तथा म्याद नाघेका सामानहरु जफत गरिएको हो ।
महेन्द्रनगर रोडमा रहेको न्यू जयलक्ष्मी किराना पसलवाट ३९ हजार २० रुपैया बराबरका अबैध सुर्तिजन्य पदार्थ र म्याद नाघेका खाध्य सामाग्रीहरु जफत गरि नष्ट गरिएको वाणिज्य , आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले जानकारी दिए ।
अनुगमनका क्रममा पाइएको सुपर पावर नामक सुर्ती , बिडि लगाएतका सुर्तीजन्य पदाथका साथै म्याद सकिएर खान अयोग्य रहेका खाध्य सामाग्रीहरु जफत गरि नष्ट गरिएको उनले बताए ।
ति सामाग्रीहरु बरामद गरि तत्काल पसल संचालक सहित अनुगमनमा उपस्थितहरुको रोहबरमा जलाएर नष्ट गरिएको थियो । बिभिन्न सरोकारबाला संघसंस्थाहरुको उपस्थितीमा आज अत्तरिया बजारमा रहेका बिभिन्न ८ वटा किराना र ४ वटा होटलहरु गरि १२ वटा पसलमा अनुगमन गरिएको थियो ।

