अत्तरिया : कञ्चनपुरमा रहेको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष चादनी ऐरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बरिस्ठ समाजसेवी लिलाधोज बस्नेत प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरिस्ठ समाजसेवी बस्नेतले समाजमा रहेका नकारात्मक कुराहरुलाई हटाउदै समाज परिर्वतनमा महत्वपूर्ण भूमिका खेलिएको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सफलताको शुभकामना दिएका छन् ।
प्रथम बार्षिक साधारणसभासंगै कार्यक्रममा सहभागीहरुले नेपालीहरुको महान चार्ड वडा दशैको शुभकामना आदन प्रदान समेत गरेका थिए ।
ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालका कोषाध्यक्षले संस्थाले एक बर्ष भित्रमा गरेका कामहरु र आय ब्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई संस्थाका अध्यक्ष ऐरले धन्यवाद दिएकी छन् । सहभागीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

