अत्तरिया : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले केही नेताहरुको ब्यक्तिगत स्वार्थले पार्टी बिभाजन भएको बताएका छन् । नेकपा एमाले गोदावरी नगरकमिटिले आज अत्तरियामा आयोजना गरेको दशै तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापना कार्यक्रम बोल्दै उनले केही नेताहरुले ५ बर्ष धैर्य गर्न नसकि ब्यक्तिगत स्वार्थमा लाग्दा पार्टी बिभाजन हुन पुगेको बताएका हुन् ।

जनताको दुई तिहाई बहुमतवाट देशको पहिलो पार्टी बनेको एमाले भित्रै पार्टीका नेताहरु आफ्नै बिरुद्धमा लाग्दा देश र पार्टीले यस्तो परिणाम भोग्नुपरेको उनको भनाई रहेको छ ।

पार्टी अध्यक्षको अथक प्रयासले पनि सफल नभएपछि अन्तिममा आएर जनादेशमा जानुपर्छ भन्दै संसद बिघटन गरिएको उनले बताए । त्यति बेलाको संसद बिघटन ठिक रहेको बताउदै उनले आफुले पनि सत्यलाई नै साथ र समर्थन गरेको उनको भनाई थियो । उनले राज्य संचालन अदालतवाट हुनु दुखद रहेको बताए ।

अब राज्य संचालन पनि अदालतवाट वाटै हुने भए किन संसद चाहियो , किन निर्वाचन प्रणाली चाहियो भन्दै उनले प्रश्न गरे । पूर्व उधोगमन्त्री समेत रहेको नेता भट्टले आफुहरु अहिले पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै अगाडी बढिरहेको बताए ।

उनले जब सम्म सम्पूर्ण नेपालीहरुको पहुँच शिक्षा ,स्वास्थ्य , खानेपानी , रोजगार जस्ता कुराहरु जोडिदैनन तब सम्म देश समृद्ध नहुने र नेपालीहरु खुसी नहुने भएकाले अहिले सत्ता बाहिर रहेर पनि आफुहरु भने यसै कुरालाई जोड दिएर अगाडी बढिरहेको बताएका छन् । कार्यक्रममा सहभागी सबैलाई दशै तिहारको शुभकामना दिदै असत्य र अन्यायको लडाईमा न्यायको जित भएको दिनलाई दशमीका रुपमा मनाउने हुदाँ यस पर्वले महिलाको शक्तिलाई देखाएको बताए ।

उनले जिवन , घरपरिवार र समाजलाई जोड्ने आफ्नो कला , सस्कृति , भेषभूषालाई कहिले भुल्न नहुने बताए । उनले आफ्नो ईतिहासलाई भूलेमा सबै कुरा नष्ट हुने भएकाले ईतिहास जोगाइराख्न सबैले लाग्नुपर्ने बताए ।

नेकपा एमाले गोदावरी नगरकमिटिका अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए भने एमालेका केन्द्रिय सदस्य नारदमुनि राना बिशिष्ट आतिथी रहेका थिए ।

कार्यक्रममा नगर देखी केन्द्र सम्मका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । एमालेका जिल्ला कमिटि सदस्य लहानु चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन नगर सचिब आनन्द भट्टले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय