अत्तरिया : कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाएको छ । चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठक बसी उक्त बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरल जनाएको छ ।

यसैगरी तिहारमा कात्तिक १९ गते साँझ ७ बजेदेखि भाइटीकाको दिनको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण समिति कन्चनपुरका अध्यक्ष भगवती थापाले बताइन्।

चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप कम गर्न यस्तो निर्णय गरिएको थापाले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय