अत्तरिया : नेपाल बिधार्थी संघका युवा नेता दिपक ओझाले खेलकुदका सामाग्रीहरु सहयोग गरेका छन् । उनले कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको गौरीशंकर टोल सुधार संस्थालाई आज एक कार्यक्रमका बिच १० थान फुटबल र २ जोडी नेट जाली सहयोग गरेका हुन् ।
गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा आउदो कात्तिक २ गतेदेखी ७ गते सम्म तेस्रो संस्करणको गौरीशंकर फुटबल प्रतियोगिताको आयोजना गरेको सो प्रतियोगितालाई सहयोग स्वरुप संस्थालाई १० थान फुटबल र २ जोडी नेट जाली सहयोग गरेको ओझाले बताएका छन् ।
उनले उक्त फुटबल र जालीहरु आज वडा नं २ का वडा सदस्य कमल कडायतको उपस्थितीमा संस्थाका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका हुन् । गोदावरी ४ बसन्तपुर घर भएका युवा समाजसेवी ओझ काठमाण्डौमा बस्दै आएको भएपनि दशै मनाउन घर आएका बेला संस्थाले फुटबल प्रतियोगिता पनि आयोजना गरिरहेकाले आफ्नो तर्फवाट फुटबल र जाली सहयोग गरेको उनले बताएका छन् ।
उनले गाउँटोलका युवाहरुलाई गलत कुरामा लाग्नवाट रोक्ने पहिलो माध्यम खेलकुद नै भएकाले युवालाई थप हौसला प्रदान गर्नका लागि खेलकुदका सामाग्रीहरु सहयोग गरेको बताए ।
उनले आगामी दिनहरुमा पनि गौरीशंकर टोल सुधार संस्थालाई आफुले गर्ने सहयोग गर्दै जाने बताएका छन् । प्रतियोगिताको मुखैमा संस्थाले यति ठूलो सहयोग गरेको भन्दै संस्थाका पदाधिकारीहरुले ओझालाई धन्यवाद दिएका छन् ।

