कैलाली : जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं २ मा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मोटरसाइकलका चालक टीकापुर १ का १८ बर्षिय सुन्दर मगर र मोटरसाइकलका पछाडि सवार सोही ठाउँका १८ बर्षिय केशव मगर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै सोही मोटरसाइकल दुर्घटनामा परि एक जना घाईते भएका छन् । मोटरसाईकलको पछाडी सवार रहेका सोही ठाउँका १९ बर्षका आशिष मगर घाइते भएका हुन् । उनको कोहलपुर मेडिकल कलेज उपचार भैरहेको छ भने अबस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय