अत्तरिया : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमका सबै सेवाहरु अबरुद्ध भएको छ ।
नेपाल टेलिकमको अप्टिकल फाईवर चुडिएपछि पहाडी ७ जिल्लामा बिगत २८ घण्टादेखि नेपाल टेलिकमको टेलिफोन, मोवाईल र ईन्टरनेट सेवाहरु अबरुद्ध भएको हो ।
अप्टिकलको मेन हाई वे चुडिएका कारण टेलिकमका सबै सेवाहरु अवरुद्ध भएका नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरियाले जनाएको छ ।
अप्टिकल चुडिएको स्थान पत्ता लागिसकेको भएपनि वर्षा र पहिरोका कारण मर्मत गर्न समस्या भैरहेको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरीयाका निर्देशक नानाकर न्यौपानेले जानकारी दिए ।
उनले अब स्थित सहज भएमा छिटै मर्मत सम्भार हुने बताए । नेपाल टेलिकमका सबै सेवाहरु अबरुद्ध भएपछि अहिले पहाडी जिल्लाका नागरिकहरु एससेलको सहायतमा खबरहरु आदानप्रदान गरिरहेका छन् ।

