अत्तरिया : देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति गरेको छ । ३ दिन सम्म लगातार परेको अबिरले बर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको हो ।

बाढी र पहिरोमा परेर देशभर एकै दिन ३० जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका अनुसार आज बिहान सम्ममा देशभर बिभिन्न जिल्लामा बर्षा पछि आएको बाढी , पहिरोमा परेर ३० जनाको मृत्यु भएको हो । यस्तै देशभर १२ जना घाईते भएका छन् भने ३२ जना बेपत्ता भएका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा मात्रै १८ जनाको मृत्यु भएको छ ।

प्रदेशको पहाडी जिल्ला डोटीमा सबै भन्दा बढी १२ जनाको मृत्यु भएको छ भने बैतडीमा ४ जना र डडेल्धुरामा २ जनाको मृत्यु भएको प्रहरीको तथ्याङमा उल्लेख छ ।

यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् । बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाईते भएका हुन् । यस्तै बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । उनीहरुको खोजी कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय