बझाङ : जिल्लामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाँउपालिकामा माथिबाट खसेको पहिरोले घर पुरिँदा माझीगाँउ र कालुखेतीका दुईरदुई जनाको मृत्यु भएको हो ।

वडा नम्बर ४ माझिगाँउका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमतीको पहिरोमा पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै वडा नं ५ कालुखेतीमा अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

चारै जनाको पहिरोले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खडकाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय