अत्तरिया : काठमाण्डौमा भैरहेको राष्ट्रिय लिगमा कैलालीको गोदावरी नगरपालिकाको महिला टिमले बिजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा भैरहेको उप मेयर कप राष्ट्रिय महिला लिग फुलबल प्रतियोगितामा गोदावरी नगरपालिकामा रहेको एक मात्र महिला फुटबल टिमले पहिलो खेलमै ६ गोल गर्दै बिजयी सुरुवात गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका र पोखराको पोखरा नगरपालिका बिच आज भएको खेलमा ६ – ० गोलका साथ गोदावरी नगरपालिका बिजयी भएको हो । गोदावरी नगरपालिका तर्फवाट शर्मिला थापाले ब्यक्तित ३ गोल , बिमला चौधरीले २ गोल र हेम चौधरीले १ गोल गरेको अत्तरिया फुटबल एकेडेमीका अध्यक्ष एवम् महिला टिमका कोच संजय ओझाले जानकारी दिए ।

निकै मेहेनतका साथ खेलाडीहरुले पहिलो खेलमा राम्रो सुरुवात गरेको उनले बताए । अब गोदावरी नगरपालिकाको अर्को खेल १४ गते हुनेछ । १४ गते गोदावरी नगरपालिका र सुर्खेतको बिरेन्द्रनगर नगरपालिकासंग हुनेछ ।

राष्ट्रिय महिला लिग खेल्न जाने खेलाडीहरुको टिमलाई गोदावरी नगरपालिकाको आर्थिक सहयोग गरेको छ । पहिलो खेलमा ६ गोलले बिजयी भएपछि गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत सहित नगरबासीहरुले सामाजिक संजालहरुमा बधाई दिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय