अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकिडाडामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा नं ३ कै स्थानिय स्व.कालुराम भट्टराईको स्मृतिमा बिहीबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका संयोजक मनिष खरेलका अनुसार उक्त रक्तदान कार्यक्रममा स्थानियहरुको उल्लेखिय सहभागीतामा कार्यक्रममा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा १ सय २० जनाले रक्तदान गरेको संयोजक खरेलले जानकारी दिए ।
रगत अभावका कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने उध्ेश्यका साथ स्व.कालुराम भट्टराईको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
गोदावरी ३ मा चौकीडाँडामा रहेको अस्थायी प्रहरी पोष्ट नजिक चौकीडाडाँ महिला सामुदायिक वन परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानिय युवाहरु , समाजसेवी , बुद्धिजिवी , सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।
महत्वपूर्ण कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने सबैलाई संयोजक खरेलले धन्यवाद दिएका छन् ।

