अत्तरिया : अत्तरिया उधोग वाणिज्य संघकी सदस्य सफल ब्यवासायी मिना मल्ल देउवाले आफ्नो जन्मदिनको अबसरमा खाध्यान्न सहयोग गरेकी छन् ।
उनले शुक्रवार आफ्नो जन्मदिनको अबसर पारेर बेसाहारा सडक जिवन बिताइरहेका महिलाहरुलाई संरक्षण दिदै आएको धनगढीको दृष्टि फाउण्डेशनलाई खाध्यान्न सहयोग गरेकी हुन् ।
गोदावरी नगरपालिका वडा नं ५ निवासी देउवाले दृष्टि फाउण्डेशनलाई चामल , दाल , नुन , तेल र नगद गरि ५ हजार बराबर सहयोग गरेकी हुन् ।
उनले बर्ष दिनमा एक दिन मनाईने जन्मदिनको अबसरमा अनआवश्यक फर्जुल खर्च गर्नुभन्दा बेसहारा महिला दिदिबहिनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने उध्ेश्यका साथ थोरै भएपनि सहयोग गर्न पाउदाँ निकै खुसी लागेको बताइन् ।
उनले अन्य समयमा पनि बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकी छन् ।

