अत्तरिया : नेपालीहरुको दोस्रो महान चार्ड तिहार नजिकिएसंगै कैलालीको सुरक्षा ब्यबस्थामा कडाइ गरिएको छ ।

चार्डपर्वका बेला हुने सक्ने अपराधिक गतिबिधिहरु रोक्नका लागि जिल्लाको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त राखिएको हो । दिपावलीको अवसरमा खेलिने देउसी भैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै राति ८ बजेपछि देउसी भैलो खेल्न नपाइने जनाएको हो । कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसीभैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

साथै दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने समेत प्रशासनले जनाएको छ । प्रशासनको आदेश अवेज्ञा गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय