अत्तरिया : सुदुरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन निर्माण कार्यको शुभारम्भ गरिएको छ । स्थानिय स्तरमा बनेको राजा महेन्द्रको शालिक पुन निर्माण समितिले आज एक कार्याक्रमका बिच सरोकारबाला सबै नगरबासीहरुको सहभागितामा शालिक पुन निर्माण कार्यको शुभारम्भ गरेको हो ।
शालिक पुन निर्माण कार्यको शुभारम्भ अघि पुरहितहरु बोलाएर चोकमा आज पूजा आजा समेत गरिएको छ । समितीका अध्यक्ष हरी भट्टराईले पुरहितको उपस्थीतीमा पूजा आजा गरेका हुन । समितीले सबै सरोकारबालाहरुको भेला बोलाएर पूजा आजा र स्थानियको सुझाब संकलन गरेको हो ।
सुझब संकलनका क्रममा सबैले उक्त कार्यको प्रशंसा गरेका थिए । उक्त भेलामा सहभागी अधिंकाशले कसैले पनि आफ्नो ईतिहासलाई भुल्न नहुने बताएका छन् । उनीहरुले ईतिहास मेटि हाम्रो सबै पहिचान मेटिने भएकाले ईतिहासलाई बचाइराख्न युवाहरुले थालेको यस अभियानमा आफुहरुको पूर्ण समर्थन रहेको बताएका छन् ।
एक महिना पहिले यहाँको स्थानिय समाजसेवी , बुद्धिजिवी , शिक्षाबिद् , ब्यबसायीहरु लगायत मिलेर जम्मा भएको भेलाले भट्टराईको अध्यक्षतामा एउटा समिति बनाएको थियो । उक्त समितिको सकृयाताले अत्तरिया चोकमा डेढ दशक पहिले तोडफोड गरिएको स्व. राजा महेन्द्रको शालिक पुन निर्माण हुने भएको हो ।
अब अत्तरिया चोकको बिच भागमा पुन ६ फिटको राजा महेन्द्रको शालिक राखिने शालिक पुन निर्माण समितिका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । उनले सबैका सुझाव सल्लाहलाई मध्यनजर गर्दै काम गरिने बताएका छन् । २०६२÷०६३ को अन्दोलनको क्रममा अत्तरिया चोकमा रहेको महेन्द्र राजाको शालिक तोडफोड पछि उक्त ठाउँ अहिले सम्म खाली नै रहेको थियो ।

