अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा काग्रेसको नगर अधिबेशन बुधवार हुने भएको छ । आज हुने भनिएको अधिबेशन विप्लवको बन्दका कारण हुन सकेन । आज अन्तिम मतदाता नावावली प्रकाशन गरिनुका साथै उमेद्धवारी दर्ता भएको छ । गोदावरी नगरपालिकामा आज २ वटा टिमले छुट्टाछुट्टै रुपमा प्यानल सहित उमेद्धवारी दर्ता गराएका छन् ।
एक टिमवाट नगरसभापतिमा विर बहादुर चोखाल र अर्कोवाट बिष्णु बडैलाको टिमले प्यानल सहित उमेद्धवारी दर्ता गराएका हुन् । ६७ पदका लागि ९२ जनाको उमेद्धवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।
चोखालको टिमवाट उप सभापतिमा प्रेम सिंह बडैला र प्रेम बहादुर कुमाल , सचिबमा अशोकराज देवकोटा र योगेश भट्ट , सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएर र अन्य सदस्य गरि ६७ जनाले उमेद्धवारी दर्ता गराएका छन् ।
उता बडैलाको टिमवाट उप सभापतिमा धर्मराज भट्ट र सुरज जोशी , सचिबमा बिक्रम बि.क र चिरिञ्जीवी भट्ट , सह सचिबमा दिनेश खत्री र जगत बहादुर खड्का र अन्य सदस्य गरि २५ जनाको उमेद्धवारी दर्ता भएको निर्वाचन अधिकृत नवराज ओझाले जानकारी दिए । ८ वटा महत्वपूर्ण पद र बाकिँ सदस्य गरि ६७ सदस्यीय नगर कार्यसमिती गठन हुनेछ ।
भोली बिहान ८ बजेदेखी बनखेती स्थित अत्तरिया उधोग वाणिज्यको परिसरमा निर्वाचन प्रकृया सुरु हुने निर्वाचन अधिकृत ओझाले बताए । नगरअधिबेशनमा २ सय ३९ जना मतदाताहरु सहभागि हुनेछन् । गोदावरीका १२ वटा वडा मध्ये ९ वडामा चोखालको टिमको बहुमत रहेको छ ।

