अत्तरिया : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखी २६ गते सम्म काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।
विवादित प्रदेश निर्वाचन क्षेत्र बाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने भएको छ । यसका लागि धमाधम उम्मेदवारहरुले आफ्नो उमेदवारी घोषणा गरिहेको छन् ।
यसैक्रममा डोटीवाट युवा नेता प्रकाश शाहीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । युवा ब्यवसायी तथा खेलप्रेमी शाहीले डोटी प्रदेश सभा क्षेत्र नं २ ख वाट प्रदेश प्रतिनिधिमा खुल्ला तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काग्रेस भनेपछि हुरुकै हुने शाही २०६४ साल देखी नेपाली काग्रेसको राजनितिमा सक्रिय भएर लागिरहेका छन् ।
युवाहरु माझँ निकै लोकप्रिय रहेका शाहीले अहिले सम्म कुनै पद समेत मागेका छैनन् । उनले यस पटक अग्रजहरुलाई सम्मान र युवाहरुलाई प्रोत्साहान गर्दै प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदावरी दिएको बताएका छन् ।
उनले आजका दिन सम्म सबैको माया , साथ र सहयोग पाएकाले यस पटक पनि आफुले सबैको साथ र सहयोग पाउने विश्वास ब्यक्त गरेका छन् । उनले आफु निर्वाचित भएर आएपछि युवा नेतृत्व अग्रसर बनाउदै डोटीमा जनप्रिय काग्रेस निर्माणमा जुट्ने बताएका छन् ।

