अत्तरिया : नेकपा एमालेका सचिब लेखराज भट्टको गृह नगर गोदावरी नगरपालिकामा माओवादी केन्द्रमा प्रबेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।

भट्टको साथमा रहेका कार्यकर्ताहरु अहिले एमालेमा नभएर धमाधम माओबादी केन्द्रमा प्रबेश गर्न थालेका हुन । आज गोदावरी वडा २ मा नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमाले छाड्दै माओबादीमा प्रवेश गर्नेमा गोदावरी वडा न २ सचीव भुबनेश्वर भट्ट , नरेश भट्ट, न्यु ग्वाशी साहारा क्लब अध्यक्ष केशव खड्का, न्यु प्रभाव युबा क्लबका अध्यक्ष बिरेन्द्र शाकी सहितका रहेका छन् ।

उनीहरु सबैलाई आज एक कार्यक्रमबाट नेकपा माओबादी केन्द्रमा स्वागत गरिएको माओवादी केन्द्र गोदावरी अध्यक्ष धर्म कुवरले जानकारी दिए ।

उनीहरुलाई माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सह इन्चार्ज एबम् प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले बिच टिका र खादा लगाएर स्वागत गरेका थिए । अझै धेरै कार्यकर्ता एमाले छोडेर माओबादी केन्द्रमा प्रवेश गर्ने गोदावरीका अध्यक्ष कुवंरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय