अत्तरिया : कैलालीको अत्तरियामा आजवाट सुदूरपश्चिम राजधानी कप २०७८ सुरु भएको छ । पि एफ ए स्पोट्स क्लबको आयोजनामा आजवाट पुस १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भब्य समारोहका बिच उद्धघाटन गरेका छन ।
पि एफ ए स्पोट्स क्लबका अध्यक्ष अमित बरालको अध्यतामा भएको उद्धघाटन कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रमुख अतिथी रहेका थिए । यस्तै सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारी बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई बिषेश महत्व दिइरहेको बताएका छन् ।
उनले सुदूरपश्चिममा खेलकुल क्षेत्रको विकासका लागि प्रदेश सरकारका तर्फवाट थुप्रै कामहरु भएको बताएका हुन् । उनले प्रदेश सरकार गठन भए लगत्तै आफूहरुले पहिलो बजेटमा धनगढीमा रहेको फाप्ला मैदानलाई बहुउपयोगी खेल मैदान बनाउने भनेर बजेट छुट्याएको भएपनि देशको कानुनी जटिलताले काम हुन नसकेको बताए ।
उनले आफूहरुले त्यस मैदानका लागि आवश्यक सबै प्रकृयाहरु पुरा गरेर पठाउदाँ पनि केन्द्र सरकारले त्यो जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा बर्षो बजेट छुट्याएपनि अहिले सम्म काम भने गर्न नपाएको बताए । उनले एक निर्वाचन क्षेत्रमा एक खेल मैदान अनिवार्य बनाउनसपर्छ भनेर अझै प्रत्येक बर्ष बजेट बिनियोजन गर्दै आएको बताए ।
उनले प्रदेश सरकारमा आफुहरु आएदेखी पहिलो बर्षमै सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरि सुदूरपश्चिममा मुख्यमन्त्री कपको सुरुवात गरेको समेत बताए । उनले अब हरेक स्थानिय तहहरुमा खेलकुद समिति गठन गरेर स्थानिय स्तरमा खेलकुदका सम्पूर्ण गतिबिधिहरु समिति मार्फत संचालन हुने र स्थानिय खेलाडीहरुले पहिलो प्रथमिकता पाउनेमा मुख्यमन्त्री भट्ट विस्वास ब्यक्त गरे ।
सो कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , वडा नं ८ का अध्यक्ष नरेश अधिकारी लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगिता अन्र्तगत आज महिला तर्फ एक र पुरुष तर्फ एक गरी २ वटा खेलहरु सम्पन्न भएका छन् । गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा भैरहेको प्रतियोगिताको पुरुष तर्फ बिजेता हुने टिमलाई ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता हुने टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।

