अत्तरिया : भारतमा बस दुर्घटना हुँदा अछामका एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्
बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपालीहरु चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बर बस पलियामा दुर्घटना हुदाँ अछाम घर भएका एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य पाँच जना घाइते छन् । घाइतेहरूको भारतमै उपचार भइरहेको छ

