अत्तरिया : कैलालीको लालपुरमा ट्रक पल्टिएको छ । वीरगञ्जबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ६ ख २८६९ नम्बरको ट्रक आज बिहान गोदावरी नगरपालिका ६ लालपुरमा पल्टिएको हो ।
ट्रक पल्टिँदा सह चालक घाइते भएका हुन् । घाईते हुनेमा डोटीको जोरायल गाउँपालिका ४ का १८ वर्षीय खेम बोहरा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
ट्रक आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ । घाइते बोहराक ाअत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

