अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज अत्तरियामा रहेको पतजंलि योगको सभाहलमा आयोजित एक औपचारीक कार्यक्रमका बिच बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सहकारी संस्था संचालक समितिकी अध्यक्ष यादी रावतको सभापतित्वमा सम्पन्न संस्थाको बार्षिक साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अथितीमा गोदावरी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णराज जोशी रहेका थिए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका व्यवस्थापक अर्जुन बि।कले प्रस्तुत गरेका थिए । अत्तरिया क्षेत्रमा न्यून आयस्तर भएका श्रमिकहरुलाई संगठित गर्दै २०६९ सालमा स्थापन भएको सो सहकारीले २०७७्०७८ मसान्त सम्म आइपुग्दा १ करोड ७४ लाख ४७ हजार ६ सय ११ रुपैया बराबरको कारोवार गरेको ब्यबस्थापक अर्जुन बि।कले बताए ।

एक बर्षको अबधिमा उक्त संस्थाले सबै खर्चहरु कटाएर ५ लाख ९७ हजार ९ सय ७१ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको उनले बताए । संस्थाको शेयर पुजीँ अहिले २६ लाख १६ हजार २ सय रहेको छ ।

संस्थाको बैंक मौजाद १९ लाख ६८ हजार ५ सय ९५ छ, भने यस बर्ष लगानी ८३ लाख ७९ हजार, ५ सय ९५ रहेको छ । संस्थाले सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई बिभिन्न शिर्षकहरुमा ऋण लगानी गर्दै आएको छ ।

उक्त सहकारीमा अहिले ६ सय ७६ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् । संचालक समितका सदस्य कर्ण बहादुर बि।कको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब सरस्वती पण्डितले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय