अत्तरिया : कैलालीको अत्तरियाबाट TVS (टिभिएस) राइडर टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । अत्तरियामा रहेको टिभिएस कम्पनीको आधिकारीक बिक्रेता बागेश्वर मल्टी मोर्टसको आयोजनामा राइडर टेस्ट ड्राइब कार्यक्रम बुधबारवाट सुरु भएको हो ।  

पुस १४ गतेबाट सुरु भएको कार्यक्रम २२ गते सम्म चल्ने छ । पहिलो दिन अत्तरियामा उक्त कार्यक्रम सञ्चालन भएको थियो भने आज लालपुरमा कार्यक्रम भइरहेको छ ।

यस्तै क्रमश पुस १६ गते स्याउले बजारमा , पुस १८ गते चौमालामा, पुस १९ गते राजीपुरमा , पुस २० गते मसुरियामा , पुस २१ गते पहलवानपुर र २२ गते गुलरियामा उक्त कार्यक्रम हुने छ ।

उक्त कार्यक्रममा भरखरै लञ्च भएको टिभिएसको नयाँ मोटरसाईकल राईडरको प्रचार प्रसारसंगै कार्यक्रमवाटै टिभिएस कम्पनीका मोटरसाइकल र स्कुटरहरु खरिद गर्दा बिशेष छुटको ब्यवस्था गरिएको बागेश्वर मल्टी मोर्टर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।

उनले  टेस्ट ड्राइभ कार्यक्रमको समय अवधि भित्र खरिद गर्ने  ग्राहकलाइ मोटरसाइकलमा ८००० र स्कुटरमा ५००० नगद छुट दिइने बताए । यस्तै फाइनान्सका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ब्याजदर ० प्रतिशत लागु हुने उनले बताए । यस्तै यो कार्यक्रम धनगढीमा पनि चलिरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय