अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता फराकिलो बनाउदै लगेका छन् ।
हाल सम्म २४ हजार ४१७ मतगणना हुदाँ हमालले अन्य उम्मेदवार भन्दा दोब्बरको अग्रता बनाउदै लगेका हुन् । हमालले ११ हजार ३१२ मत पाएका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ४९० र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ५६७ मत पाएका छन् ।
हमाल र वडबीच ५ हजार ८२२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ९२४ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार ४१३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ८२४ सय मत पाएका छन्।

