डोटी : जिल्लाको सायल गाउपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे लगत्तै महत्वपूर्ण निर्णय गरेका छन् । नवनिर्वाचित गाउँपालिका अध्यक्ष धर्मराज जोशीले पदभार ग्रहण गर्दै एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरेका हुन् ।

नवनिर्वाचित अध्यक्षले पदभार ग्रहण गरेपछि गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा बच्चा हुन नसकेकी गर्भवती महिलाहरुलाइ बाहिर जानू परेमा एम्बुलेन्स सेवा निशुल्क गर्ने पहिलो निर्णय गरेको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि राजकुमार खड्काले जानकारी दिए ।

गर्भवती महिलाहरुलाई समस्या भएपछि बाहिर लैजानका लागि समयमै एम्बुलेन्स नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । नवनिर्वाचित अध्यक्षले गरेको पहिलो यस निर्णयले गाउबासीहरु निकै खुसी देखिएको खड्काले बताए । सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बोहरा ओली विजयी भएका हुन् ।

अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गरेका थिए भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उनका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय