अत्तरिया : गत स्थानिय तह निर्वाचनमा पराजित भएका उम्मेदवारहरु यस पटक भने विजयी भएका छन् । सुदूरपश्चिमको एक मात्रै उपमहानरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा जो संग पराजित भएका थिए अहिले तिनै उम्मेदवारलाई हराउदै हमाल विजयी भएका हुन् ।

हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।

रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय