अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेज छिटो संचालन गर्न माग गर्दै अत्तरियामा प्रर्दशन गरिएको छ । मंगलबार सरकारले सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालनको बिषय नउठाएको भन्दै यतिबेला सुदूरपश्चिमबासी असन्तुष्ट बनेका छन् ।
यही क्रममा सरकारलाई दबाब दिनका लागि आज अत्तरियामा प्रर्दशन गरिएको हो । यसैका लागि अत्तरियामा युबा नेता लोकराज पाण्डे आगोको संयोजकत्वमा ३५ सदस्ययी संयुक्त संघर्ष समिती समेत गठन समेत गरिएको छ ।
समितीले यथाशीघ्र गेटा मेडिकल कलेज सन्चालन गर्नु पर्ने माग गरेको छ । सरकारले यस क्षेत्रका जनतालाई फेरी एक पटक ढाट्न खोजेकाले दबाब दिनका लागि प्रर्दशन गरिएको समितीका संयोजक पाण्डेले बताए ।
९० प्रतिशत काम सम्पन्न भएर कलेज संचालन गर्नुपर्ने भएपनि सरकारले त्यसलाई अलपत्र पारेर डडेल्धुरामा मेडिकल कलेज खोल्ने निती तथा कार्यक्रममामा उल्लेख गरेको भन्दै अत्तरियाका युवाहरु सडकमा उत्रिएका हुन् । उनीहरुले चाडो भन्दा चाडो मेडिकल कलेज संचालनमा ल्याउन माग गरेका छन् ।

