अत्तरिया : नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले निर्माणाधिन गेटा मेडिकल कलेज संचालनको बिषयमा अहिले नै अत्तिहाल्नु नपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ४ का नब निर्बाचित जनप्रतिनिधीहरुको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन् ।
उनले मेडिकल कलेज सन्चालन बारे सरकारको निती तथा कार्यक्रममा नपरेपनी अहिले नै आत्तिन्नु हाल्नु पर्ने अबस्था नआएको बताए । संघिय सरकारको आगामी बजेटमा उक्त बिषय सम्बोधन हुने उनले बताए ।
भरखरै सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा गेटा मेडिकलको संचालनको बिषय परेको छैन तर ९० प्रतिशत सकिसकेकाले अब छिट्टै सन्चालनमा ल्याउनका लागि हामी सबै पहल गर्छौँ उनले भने ।
नेपाली काँग्रेस वडा नम्बर ४ का सभापती शालिभान रावलको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता सुरत कार्की,पुष्पराज जोशी, बिक्रम खड्का, फणीन्द्र भण्डारी, गोरख खड्का, यज्ञराज चौधरी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सचिब बम बहादुर महराले गरेका थिए ।

