अत्तरिया : कैलालीको अत्तरियामा सुदुरपश्चिम प्रदेश भलिबल संघको पाँचौ साधारण सभा तथा अधिबेशनको उदघाटन सत्र सम्पन्न भएको छ ।
संघका अध्यक्ष नारायण भट्टको सभापतित्त्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेका बहादुर रैका रहेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर शारदा देबी रोकाया , स्थानीय दलका प्रतिनिधि , खेलप्रेमी लगायतको सहभागिता रहेको थियो । अधिबेशनको बन्द सत्रले ४ बर्षको लागि प्रदेशको नयाँ नेतृत्व चयन हुने छ । अधिबेशनको लागि प्रदेश भरिका प्रतिनिधिहरु अत्तरिया पुगिसकेका छन् ।

