अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बसन्तपुरमा रहेको गुहेश्वरी माध्यमिक बिधालयलाई कम्प्युटरहरु सहयोग गरिएको छ । काठमाण्डौमा रहेको एल आर आइ स्कुलका संस्थापक अध्यक्ष शिवराज पन्तले बिधालयकालाई करिव ४ लाख मुल्य बराबरका कम्प्युटरहरु सहयोग गरेका हुन् ।

उक्त कम्प्युटरहरु नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम् सुदुरपस्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले बिधालय ब्यबस्थापन समितिका अध्यक्ष छविन्द्र नाथ, प्रधानाध्यापक मान बहादुर खड्का र शिक्षक कबिराज भट्टलाई हस्तान्तरण गरेका छन् ।

बिधालयलाई ४ लाख बराबरका कम्युटर सेटहरु सहयोग गरेको भन्दै एल आर आइ स्कुलका संस्थापक अध्यक्ष शिवराज पन्तलाई गुहेश्वरी माध्यमिक बिधालयका अध्यक्ष छबिन्द्र नाथले धन्यवाद दिए ।

उनले यसवाट आफ्नो बिधालयमा अध्यनर बिधार्थीहरुले धेरै कुरा सिक्ने मौका पाउने बताएका छन् । उनले उक्त सहयोग उपलब्ध गराउन सहयोग गर्ने पूर्वमन्त्री लेखराज भट्टका प्रमुख स्वकिय सचिब हितेश ओझा र गोदावरी १ का वडाध्यक्ष शर्मानन्द भट्टलाई धन्यावाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय