अत्तरिया : कैलालीमा प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ७ बेली बस्ने अमृता चौधरीले प्रेमीसंग मिलेर आफ्नै २५ वर्षीय श्रीमान रमेश चौधरीको हत्या गरेकी हुन् । हत्या गर्ने महिला सहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या अभियोगमा पक्राउ परेका बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई सार्वजनिक गरेको हो । उनीहरु दुवै जना मिलेर रमेशको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हत्यामा संलग्न दुवै जनालाई आज प्रहरीले सार्बजनिक गरेको छ । अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ । उनीहरु दुवै जनालाई दशैको दिन शुक्रबार मृतक रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको प्रहरीले जनाएको छ ।

असोज २९ गते अर्थात दसैंको दिन । बिष्णु चौधरी र अमृता चौधरीले रातिको समयमा भेट्ने योजना बनाए । त्यसको जानकारी अमृताका श्रीमान रमेश चौधरीले पनि पाए ।

२९ गते राति श्रीमान रमेशसंगै सुतेकी अमृता रमेश सुतेको मौका छोपी ११ बजे प्रेमी बिष्णुलाई भेट्न गइन् । घर पछाडिको परालको थुप्रोमा बिष्ण र अमृताको भेट भयो ।

संगै सुतेकी श्रीमती बाहिरिएको पत्तो पाएका रमेशले बिष्ण र अमृतालाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए । त्यसपछि रमेशले बिष्णुलाई कुटपिट गरे ।

बिष्णुले प्रतिकार गर्दै अमृतासंग मिलेर परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिचेर रमेशको हत्या गरे । हत्यापछि दुबै जनाले १५० मिटर टाढा खुटिया नदीतर्फ चौरमा रमेशको शव फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए । खुलेको डिएसपी बिष्टले बताए।

उनका अनुसार रमेशको हत्या मध्यराति १२ बजे भएको खुलेको छ । मृतकका आफन्तले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिएपछि दुुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय