अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबराज जोशीको बिदाई गरिएको छ ।
लोक सेवा मार्फत भएको परीक्षामा जोशी ले सह सचिबमा नाम निकालेपछि उनको आज एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद , उपप्रमुख रत्ना कडायतले जोशीलाई खादा अबिर लगाउँदै बिदा गरेका हुन । जोशीले गत बर्षको कार्तिक १ गते देखि नगरपालिकाको जिम्मेवारी सम्हालेका थिए ।
उनी सरल र ईमानदार राष्ट्र सेबक कर्मचारी रहेको उनका सहकर्मीहरुले बताएका छन् ।

