अत्तरिया : मौसममा आएको एक्कसी ३ दिनपछि लगातार परेको बर्षापछि आजबाट मौसममा सुधार हुने भएको छ । अर्को प्रणाली नआए सम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसबबिद्हरुले बताएका छन् ।
आजबाट धेरै ठाउँमा घाम लाग्ने भएको छ । पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।
अहिले एक दुई ठाउँमा सामान्य वर्षा भइरहे पनि त्यो वर्षा स्थानीयस्तरमा मात्रै भएको उनको भनाइ छ । आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने भएको छ ।
तर अब ठूलो पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसबबिद्हरुले बताएका छन् । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो ।
३ दिन सम्म परेको लगातारको बर्षाका कारण सुदूरपश्चिम सहित देशभर ठूलो जनधनको क्षति गरेको छ । देशभर भारी बर्षापछि आएको बाढी र पहिरोमा परी ८८ जनाको ज्यान गएको छ ।

