कताबाट भेटे तिमिलाइ रातको अधेरीमा
मुल बन्यो एकै क्षणमा सुख्खा पधेरिमा

अप्सरा झै लाग्यो मलाई कमल फुलझै देखे
छिनको छिनमै तिम्रो जीवन हृदयमा लेखे

बसन्तको पालुवा झै पलाए मनका मुनाहरु
तिम्रै मायाले भरिदै छन हृदयका कुनाहरु

मायालुका आँसु झरे आउने झरी जस्तै
चन्द्रमा झै तिम्रो मुहार स्वर्गकी परि जस्तै ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय