अत्तरिया : कैलालीको अत्तरियामा ७ दिने आधारभूत पत्रकारिता तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । गोदावरी पत्रकार मञ्चको आयोजनामा यही पुस २० गतेवाट सुरु भएको ७ दिने आधारभूत पत्रकारिता तथा उद्धघोषण तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टको सभापतित्वमा आयोजित समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी , तालिमका प्रशिक्षक वरिष्ठ पत्रकार तथा साहित्यकार डा. टिएन जोशी र गोदावरी पत्रकार मञ्चका संरक्षक पदमा अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी बिशिष्ठ अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख साउँदले पत्रकारहरुले समाजका लागी सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले पत्रकार बौद्धिक जगत भएकाले समाज परिबर्तनको लागी पत्रकारको भूमिका अहम रहने बताए । गोदावरी नगरपालिका भित्रका बिधालयहरुमा पत्रकारीता बिषय पढाउनको लागी नगरपालिकाले कानुनमा नै उल्लेख गर्ने छ , मेयर साउँदले भने, यो कुरा म अब कार्यापालिकाको बैठकमा राख्ने छु । यस क्षेत्रमा दक्ष पत्रकार उत्पादन गर्नको लागी नगरपालिकाले सहयोग गर्ने छ । कार्यक्रममा सहभागी प्रशिक्षक डा टि एन जोशीले तालिममा सिकेका कुरा ब्यबहारमा उतार्नु पर्नेमा बिधार्थीहरुलाई सुझाब दिएका थिए ।

उनले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानिय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानिय सरकारले यसमा साथ र समर्थन दिनुपर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले गोदावरी पत्रकार मन्चले गरेको कार्य सराहनिय रहेको भन्दै महासंघले मन्चलाई सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कैलाश जोशी , दुर्गा लक्ष्मी बिधालयका प्राचार्य शिवराज जोशी, गोदावरी एफ एमका प्रबन्ध निर्देशक तथा तालिमका प्रशिक्षक गोबिन्द रोस्यारा लगाएतको सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई मन्चले प्रमाण पत्र समेत दिएको छ । ७ दिन सम्म संचालन भएको तालिममा वरिष्ठ पत्रकार तथा साहित्यकार डा. टिएन जोशी , आर्थिक क्षेत्रमा लामो समय सम्म कमल चलाउदै आएका आर्थिक पत्रकार विरेन्द्र भट्ट , गोदावरी एफ एमका प्रबनध निर्देशक गोदावरी रोस्यारा , नेपाल टेलिभिजनमा कार्यरत पत्रकार निर्मला खडायत र मञ्चका अध्यक्ष एबम् गोदावरी एफ एमको समाचार शाखा प्रमुख हेमराज भट्टले प्रशिक्षण दिएका थिए ।

तालिममा दुर्गा लक्ष्मी नमुना मावि , एभरेष्ट एकेडेमी , लोटस आई र कैलाली मोडेल स्कूलवाट ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय