अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको साना किसिन कृषि सहकारी संस्थाले गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

संस्थाको २६ औँ बार्षिकोत्सब कार्यक्रमको अबसरमा भरखरै सम्पन्न स्थानीय तह निर्वाचनवाट निर्वाचित नगरप्रमुख , उप प्रमुख सहित १२ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत गरेको संस्थाका मुख्य प्रबन्धक गोरख खत्रीले जानकारी दिए ।

साना किसिन कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष तेजराज अबस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए ।

साथै सो कार्यक्रममा संस्थाका बिभिन्न क्षेत्रमा उत्कृष्ट रूपमा काम गरेका शेयर सदस्यहरूलाई प्रशंसा पत्र सहित पुरस्कृत गरिएको मुख्य प्रबन्धक गोरख खत्रीले बताए । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख भट्ट , उप प्रमुख शारदा रोकाया सहित १२ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय