अत्तरिया : सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगितामा बनदेवी युवा क्लब र मनकामना युवा क्लबले विययी सुरुवात गरेका छन् ।
आज भएको पहिलो उद्धघाटन खेलमा महिला तर्फ मनकामना युवा क्लब जुगेडाले र पुरुष तर्फ बनदेवी युवा क्लब तेघरीले विजयी सुरुवात गरेका हुन् । आजको पहिलो मनकामना युवा क्लब जुगेडा र सुर्मादेवी युवा क्लब फूलबारीका बिच महिला टिमको खेल भएको थियो । जसमा मनकामना युवा क्लब जुगेडा १–० गोलले बिजयी भएको हो ।
खेलको ४ औँ मिनेटमा मनकामना युवा क्लबका जर्सी नं १४ का खेलाडी ललिता कुमारी भाटले निर्णायक गोल गरेर टिमलाई जिताएकी हुन् । एक मात्रै निर्णायक गोल गरेकी भाटले प्लेयर अफ म्याच घोषित हुदै नगद रु ३ हजार र मेडल प्राप्त गरेकी छन् । त्यस लगत्तै भएको अर्को खेलमा पुरुष तर्फको मनकामना युवा क्लबलाई पराजित गर्दै वनदेवी युवा क्लब तेघरी विजयी भएको छ ।
वनदेवी युवा क्लब ६–० गोलका साथ विजयी भएको हो । वनदेवी युवा क्लबका तर्फवाट कुबेर सिंहले २ गोल , योगेन्द्र खड्का २ गोल , आशिष श्रेष्ठ १ गोल र क्षितिज भण्डारीले १ गोल गरेका थिए । बनदेवीका खेलाडी कुवेर बहादुर सिंहले प्लियर अफ दि म्याच घोषित हुदै नगद रु ४ हजार संगै मेडल प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली पुरुष तर्फको एउटा खेल हुनेछन् । भोलिको खेल माउन्ट एभरेस्ट युवा क्लब अत्तरिया र फार्वेष्ट पशुपति युवा क्लब धनगढीबिच दिउँसो २ बजे खेल हुने आयोजक पिएफए स्पोट्स क्लबले जनाएको छ ।

